भारतबाट फर्किए प्रचण्ड ,

कार्तिक ९ ,काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको एक दिने भ्रमण सम्पन्न गरी आज राति स्वदेश फिर्ता भएका छन् ।इन्डिया फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा भाग लिन भारतको नयाँदिल्ली आजै प्रस्थान गरेका अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गरेका थिए ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।