नेपालगञ्जमा पाईप बम फेला एक युवक पक्राउ ,,
कार्तिक ३० ,नेपालगन्ज – नेपालगञ्जको पुष्पलालको शालिक मुनि पाइप बम फेला परेको छ बम राख्ने राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बम राख्ने प्रदीप वली ‘दयालु’ लाई बिहीबार नै दर्शक भएरै बम डिस्पोजल गरेको हेर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
पुष्पलाल चोकमा बिहीबार बिहान सवा ९ बजे निलो प्लास्टिकको झोलामा बम राखेको बम करिब ७ घण्टापछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।
उनी ‘हामी नेपाली हाम्रो नेपाल’ नामको संगठनका अध्यक्ष भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको बारेमा शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यालयका इन्सपेक्टर भरत राठोरले बताए।
