surkhet

अमेरिकन पेस्तोल साथमा राखेकी महिला पक्राउ ,,

surkhet

मङ्सिर १३ राजविराज – अमेरिकन पेस्तोलसहित बुधबार एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। सुरुङ्गा नगरपालिका ३ स्थित खेतमा बनाइएको झुप्रोबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, चार थान गोली र खुकुरीसहित सिरहाको लहान ५ की ३० वर्षीया गीता सदालाई पक्राउ गरेको हो।

Gorkha

सदालाई हतहतियार खरखजना मुद्दामा बुधबार नै अदालतबाट म्याद थप गरी कारबाही थालिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए। सदाका श्रीमान नरेशकुमार साह चोरी अभियोगमा सिरहा कारागारमा थुनामा छन्।

salyan