मृतक कलाकार परिवारलाई रकम उपलब्ध गराउदै गायिका टिका पुन र नन्दा बश्याल ,,

Many many happy ritans of the day nanda bashyal sister, wish u all compleate your goal .

माघ ७ , काठमान्डौ – चर्चित गायिका टिका पुन र नन्द बश्यालले मृतक कलाकारका परिवारलिई राहत स्वरुप केहि रकम सहयोग गरेका छन् । उपचारको क्रममा मृतु भयका सुर्खेत बागीनाका बरिस्ठ बाद्यवादक टेकबहादुर सुस्लिङ्का परिवारलाई गायिका पुन र बश्यालले सुर्खेत पुगेर गत ४ गते रु १ लाख ३ हजार हस्तान्तरण गरेका हुन्  ।

lekbesi

गायिका टिका पुन र गायिका, मोडल ,खेलाडी नन्द बश्यालको अगुवाईमा संकलन गरिएको यो रकम मृतक टेकबहादुर सुस्लिङ्कि श्रीमती रेशमकुमारी गाहालाई उनकै घर वीरेन्द्रनगर सुर्खेत पुगेर हस्तान्तरण गरिएको हो  ।

सुस्लिङ् गत पुस १९ गते गम्भीर बिरामी परेका थिए  ।आर्थिक अवस्था निकै कम्जोर रहेका उनलाई बचाउने हेतुले आर्थिक संकलन गर्न सुरुवात गरिएको थियो  ।तर उपचारको क्रममा ५० वर्षको उमेरमा सुस्लिङ् मृतु भयको थियो ।

आईपरेको खण्डमा अझै मृतक परिवारलाई रकम संकलन गर्नसकिने गायिक पुन र बश्यालले जानकारी गरेका छन्  ।सुस्लिङ्का दुई छोरा छोरीलाई उच्चशिक्षा सम्म पढाउन सहयोग गर्ने गायिका पुनले जानकारी गरिन ।

मृतक परिवारलाई संकलन रकम सहयोग गर्ने कलाकारहरु गायक कृष्ण कंडेल २४००० टिका पुन नन्द बश्याल ,हरि रोका मगर १० – १० हजार ,गायक अर्जुन सुनाम ,डिला बिक , रत्न बिक मान सिङ्ग खड्का ,करिश्मा घर्ति मगर ,ईमान बिस्ट ५ ५ हजार मोडल दिपासा बिसी ,४ हजार धुर्ब हिमाली , झलक लगायतका कलाकार हरुले पनि सहयोग गरेका छन् ।

आफुहरु सुर्खेत चेली भयको र सुर्खेतको लागि सक्दो सहयोग गर्ने गायिका पुन र बश्यालले रंग दर्पणलाई जानकारी गरेका हुन्  ।

कृपया समाचार पढी सकेपछि हाम्रो च्यानल सब्स्क्राईब गर्न नभुल्नु होला। ,साथै हामि संग जोडिन फेसबुकमा हाम्रो पेज https://www.facebook.com/rangadarpan1/messages/

रंग दर्पण सम्वाददाता ,