विवादित गीत गलबन्दीको टुँगो लगाउन प्रकाश सपुत र शम्भु राई संवादमा ,,

छोटो समयमै चर्चामा पुगेको गीत गलबन्दी विवादमा पुगेपछि प्रकाश सपुत र सम्भु राई बद्रि पँगेनीको घरमा संवादको लागि पुगेका छन् ।प्रकाश सपुत र शान्ति श्री परियारले गाएको गीत गलबन्दी गीत सम्भु राईले आफूले ५ बर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाशको ‘गलबन्दी’ को लय मिलेको राईले दाबि गरेका छन् ।

यो बिषयमा संगीतप्रेमी दर्शक–श्रोता पनि दुई धारमा विभाजित छन् । कतिपयले लोकगीतका भाका कतै न कतै मिल्ने प्रतिक्रिया दिएका छन् भने कतिपयले प्रकाशले शम्भु राइको भाका चोरेको आरोप पनि लगाइरहेका छन् ।

विवाद गहिरिँदै गएपछि लोकदोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमतिको बिन्दु पहिल्याउने प्रयास थालेका छन् । पंगेनीको पहलमा उनकै घरमा बिहीबार बिहान शम्भु र प्रकाशबीच भेटघाट भएको छ ।

शम्भु राई भन्छन् यस्तै हो भने हामीलाई जनताले विश्वास गर्दैनन् नयाँ सिर्जना तिर लागौ,

गलबन्दी’ को लय मैले बनाएको ‘देउसी भैली’ बोलको गीतको लयसँग मिल्छ भनेर मैले भनिसकेको छु । तर, म प्रकाश सपुतलाई निरुत्साहित गर्न चाहन्नँ ।यो संयोग हो, चोरी हो या प्रभावित हो, यो बिषयमा कुराकानी भइरहेको छ ।

मैले गलबन्दी गीत सुनेपछि मो गीत संग मिलेको थाहा पाए तेस्पछि मैले यो कुरा अगाडी बढाएको हु राईले भने । उनले अगाडी भने हामि गीत संगीत गर्ने मान्छे हो नयाँ नायाँ सिर्जनामा लाग्नुपर्छ । नत्र हामीलाई दर्शकले विश्वास गर्दैनन् । मैले पैसाको कुरा गरेको छैन ।

कपिराइटको मुद्दा हाल्ने वा नहाल्ने भन्ने मैले सोचेको छैन । भोलिका दिनमा त्यो अवस्था आयो भने पनि गर्न सक्छु । तर म त्यो दिन नआओस् भन्ने चाहन्छु । किनकी, कसैले कसैको अपमान गरेको, आफ्नो घरबारी खाएको टुलुटुलु हेरेर बस्न सकिन्नँ । त्यो दिन नआओस् ।

प्रकाश भन्छन भाका कपि भयो भन्ने जस्तो लाग्दैन ,,

यो विषयमा प्रकाश सपुतले भने आफुले भाका कपि नगरी गाँउ घरको भाका सुनेर आफुले गीत बनाएको दाबि गरेका छन् मैले उहाँ (शम्भु राई) लाई अत्यन्तै सम्मान गरेर यसले तपाईँको अस्तित्वलाई मेटाउने भन्दा पनि लोकगीतलाई अगाडि बढाउन सहयोग गरेको छ भनेको छु । सुन्दा उस्तै सुनिने भाकाहरु थुप्रै छन् ।

मैले उहाँलाई भाका मिल्यो, गल्ती गरेँ भन्ने महसुस गरेर भन्दा पनि अग्रजको हिसाबले रेस्पोन्स गरिरहेको छु ।संगीतको शुद्धीकरणको लागि, अग्रजको सम्मानका लागि, कपिराइटको बिषयमा बहसका लागि कारबाही भोग्नुपरे पनि म तयार छु । तर, मलाई मैले कपी गरे भन्ने महसुस भएको छैन ।

बद्रि पँगेनी भन्छन दुबैलाई सहमतिमा ल्याउछु ,,

विवाद बढ्दै गएपछि मैले यसलाई समाधान गर्न अग्रसरता लिएको हुँ । आज दुवै जनालाई बोलाएर लामो छलफल गरेँ । सहमति उन्मुख कुराकानी भएको छ । कसरी सहमति गर्ने भन्ने विषय चाहिँ छलफलकै क्रममा छ ।

कुनै गीत अर्को गीतसँग कति मिल्यो वा मिलेन भनेर नाप्ने कुनै मापदण्ड छैन । मेरो व्यक्तिगत मूल्यांकनमा चाहिँ नियतवश कपी गरेको जस्तो लाग्दैन । संयोगवश मिल्न गएको हुनसक्छ ।

लोकसंगीतहरु भनेका एउटै आमाले जन्माएको सन्तान जस्तै हुन्, अनुहार कताकति मिलिहाल्छ । यदि कसैले नियतवश नै पुरानो सिर्जनालाई नक्कल गर्‍यो वा तोडमोड गर्‍यो भने चाहिँ त्यो गम्भीर विषय हो ।लबन्दीको सन्दर्भमा आज भएको कुराकानीमा दुवै जना लचिलो हुनुहुन्छ ।यो घर भित्रको कुरा हो सहमतिमा जानुपर्छ किन विवादमा आउने ।