कलाकारहरुको कोरोना सचेतनामुलक संदेश सानो लापरबाहीले, ठुलो रोग सर्न सक्छ,

चैत ९ ,काठमान्डौ – विश्वमै कोरोनाको संकट परिरहेकोबेला आज संसारका हरेक मानिस दुखमा छन् ।

(कोभिड १९) बाट बच्न नेपालमा पनि विभन्न संदेश जनतामाझ पुर्याउने गरिएको छ । सरकारले जनतालाई सुरक्षाको माध्याम र उपाए अपनाई रहेकोबेला नेपालमा कलाकारहरुले पनि कोरोना संक्रमणको बारेमा सचेतानात्मक संदेश दिईरहेका छन् ।

गायक रामकृष्ण ढकाल भन्छन

lekbesi

सानो लापरबाहीले, ठुलो रोग सर्न सक्छ,
फुल जस्तो हाम्रो जीवन, ओइलिएर झर्न सक्छ
कोरोना भाईरस बाट सुरक्षित रहौँ
आफु बचौँ र अरुलाई पनि बचाउँ,

हामि मात्र नभई विश्वनै कोरोना संक्रमणबाट आक्रामित छ ।सरकारले गरेको निर्देशन एक दम सम्मान योग्य छ ।घर बाहिर जाँदा माक्सको प्रयोग गरौ ,ताजा खाने कुरा देखि तातो पानीको प्रयोग गर्न पनि ढकालले आग्रह गरेका छन् ।

तेस्तै नायिका वर्षा सिवाकोटी भन्छिन अहिले कोरोनाको संक्रमित बढिरहेको बेला सरकारको नियम भित्र बसौ,हाल सम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन र कसैले ज्यान गुमाउनु परेको छैन ।तर सुरक्षितको सम्न्यता भन्ने पक्कै छैन ।

तेसैले सबै सुरक्षित रहन नियमत हात साबुन पानीले धुने र सेनी टाईजर प्रयोग गर्ने र अफबाहको हल्ला पछि नलाग्न वर्षाले सबैमा असामाजिक संजालमार्फत आग्रह गरेकी छिन् ।

कलाकार हरि वंश आचार्य भन्छन कोरोनासंग कति तर्सनु कोरोना संक्रमणबाट बच्न कुनै पनि व्याक्तिले कुनै चिज छोयमा बिस सेकेण्डसम्म साबुन पानीले हात मिचेर धुनुपर्छ,।

नियमित माक्सको प्रयोग गर्ने ,सकिन्छ भने भिड भाडमा नजाने र घरमै बस्ने गर्न आग्रह गरेका छन् । आचार्यले आफुपनि घरमै बसेर राम्रा राम्रा चलचित्र लेखिरहेको बताए ।

कोरोनालाई जित्न विश्वनै लागिपरेको छ । ,नियमित घरमा बसेर परिवारलाई समय दिने र सुरक्षित रही सुरक्षा राख्न सबैमा आचार्यले आग्रह गरेका हुन् ।