यो वर्ष २५ हिमालमा ७ सय ६८ आरोहीले हिमाल चड्ने ,,

वैशाख १७ , काठमाडौं – नेपालमा मात्र अवस्थित विश्वकै अग्लो शिखर सगरमाथालगायत २५ वटा हिमाल आरोहण गर्न सरकारले अनुमति दियको छ ।यो वर्ष हिमाल चड्न ७ सय ६८ पर्वतारोहीले अनुमति लिएका  हुन् ।

विशेष गरि हिमाल चड्न पर्वतारोहणको उपयुक्त समय वसन्त ऋतुमा मनिन्छ अहिले भर्खर मात्र वसन्त ऋतुको आगमन भय लगतै पर्वताआरोहण गर्न ठूलो संख्यामा आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्यांकअनुसार सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ३४ विदेशी आरोहण दलका ३ सय २६ आरोही र ४ नेपाली आरोहण दलका २० गरी कुल ३ सय ४६ आरोहीले यो ऋतुमा आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी ल्होत्से आरोहणका लागि १० आरोहण दलका १ सय ७ जना, आमादब्लममा ६ आरोहण दलका ४९ जना, कञ्चनजंगामा ५ आरोहण दलका ४४ जना र नुप्से आरोहणका लागि ३ आरोहण दलका ४० जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार ९५ आरोहण दलले २५ हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यसैगरी हिम्लुङ, पेरि हिमाल, मुकोट हिमाल, छोपावमरे र अन्नपूर्ण आरोहणको १,१ जनाले अनुमति लिएका छन् ।

अत्यन्त न्यून आरोहण गरिने विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि ३ आरोहणदलबाट २७ जना आरोहीले अनुमति लिएका छन् ।

अनुमति लिएका हिमालको आरोहण जेठ १५ ताका गर्ने चलन छ । आरोहण दलका लागि सरकारले ७५ दिन तोकेको छ, आरोही र आरोहण दलका सदस्यहरू एक महिना अघिदेखि नै आधारशिविर पुगेका छन् ।

विभागका अनुसार आरोही र आरोहण दलका सदस्य, गाइडलगायत गरी यस वर्ष करिब २ हजार धेरैले हिमाल आरोहण गर्ने छन् ।
सरकारले ६–८ हजार मिटर अग्ला ४ सय १४ हिमाल पहिचान गरी आरोहण खुला गरेको छ । तर राज्यको कमजोर व्यवस्थापनले १ सय ८६ वटा हिमालमा अझै आरोहण हुन सकेको छैन । यीमध्ये २ सय २८ वटा हिमालको मात्र आरोहण भएको छ ।

सरकारले यसै गरि सबै हिमालमा आरोहण गर्ने स्वीकृति र वेबस्था गर्ने हो भने, नेपालमा भने भन्दा बडी पर्यटक भित्रिने अनुमान छ ।

नेपाल आफैमा यौटा सुन्दर र प्रकृतिले धनि देश हो यहाँका लोभ लाग्दा हिमाल , ताल तलैया , नदि नाला ,पहांड गुफा , झरना र हरियाली जंगल ले गर्दा विदेशीको मन लोभ्याउने गर्दछ ।