गोलियाको विषयमा स्थानीय र प्रहरीबीच झडप ५ जना घाइते,

भदौ २२ ,जनकपुरधाम – धनुषामा स्थानिय र प्रहरीबीच झडप हुँदा पाँच जना घाईते भएका छन् । बटेश्वर गाउँपालिका,५ शान्तिपुरमा स्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद हुँदा आईतबार राति १० बजे झडप भएको हो ।
झडपमा प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको छन। स्थानीय र प्रहरीबीच भना भनसँगै लाठी चार्ज भएपछि गाउँलेहरुले ढुँगामुधा गर्दा ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायब निरीक्षक एमडी मुस्तफाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ।

प्रहरीको लाठी चार्जबाट भाइते भएका स्थानीय तीनै जनाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेर लिन गएको बेला प्रहरीले अवरोध गरेर नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । गोलिया स्थानीयको हुनुपर्ने तर प्रहरीले ट्याक्टरमा अहालेरा प्रहरी कार्यालय तर्फा लगेपछि झडप ढुँगा मुढा भएको हो।
