नायिका श्वेता खड्काले लेखिन मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म ,,
मङ्सिर २२ ,काठमान्डौ – नायिका श्वेता खड्का आज विवाह बन्धनमा बाँधिन लागेकी छिन। मेहन्दी लगाउँदै गरेका तस्विर सार्वजनिक गर्दै श्वेता लेख्छिन मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म ,,जीवनको नयाँ पानाहरुमा भुल्दै छु म,यो संगै आज देखि नायिका श्वेता खड्काको नँया जीवन सुरु भएको छ।
नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्। उनको विवाह आज गोकर्ण रिसोर्टमा हुँदै छ। उनले हिजोदेखिनै सामाजिक संजालमा ६ वर्ष सम्म सम्म भोगेका पिर ब्यथा सार्वजानिक गरेकी छिन।
नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
तेस्पछि श्वेताले चलचित्र कान्छी निर्माण गरिन र विभिन्न सामाजिक कार्यमा सक्रिया भईन ,श्वैताले माझि बस्ति निर्माण गरेर बस्ति बसालेकी छिन। जुन कार्य गर्दा उनलाई थुप्रै ऋण समेत लागेको थियो।
नायिका श्वेताले खड्काको बिचमा अप्रेमको समेत चर्चा चलेको थियो ,तर उनले तेस्मा सत्यता नभएको र समय आएपछि आफुले बताऊने जानकारी गरेकी थिइन्। खड्काले करिब तिन दिनदेखिनै विहेको कार्ड बाड्ने र तस्विर सार्वजानिक गरेकी हुन्।
तस्विर नायिका श्वेता खड्काबाट ,
नायिका श्वेता खड्काले विवाहकै दिन किन लेखिन मैले मृत्यु रोज्न सकिन जिबन रोजे ,