Gold

पार्टीको छलफलबिनै राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी,

Naumule Migrate

मङ्सिर ३० ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको छलफलबिनानै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो ।

अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य) को उपस्थितिमा बैठक बस्न सक्ने स्रोतले बताएको छ ।

मंगलबार बोलाईएको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएर साँझ ५ बजे बोलाईएको छ।

 

 

Naumule Badhipahiro