कोरोनाका १५७ जना आईसियुमा आज थप २६६ जना थपीए,
माघ ४ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट थप २६६ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ। यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।
तेस्तै २४ घन्टामा ४ सय जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् ,यो संगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।
हाल क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ जना रहेको छ ।तेस्तै देशभरमा १५७ जनाको आईसियुमा उपचार भईरहेको छ भने ३९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको हो।