अनिश्चिकालकालागि राष्ट्रिय जनगणना स्थगित,

बैशाख २० ,काठमान्डौ – बढ्दो कोरोना संक्रमणका कारण राष्ट्रिय जनगणना २०७८ अनिश्चिकालकालागि स्थगित गरिएको छ। आइतबारको बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो।

१२ औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी भएको थियो। कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै स्थगित गरिएको छ।

हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको । पालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ।