सर्वोच्चको अन्तरिम आदेश : लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्नु

जेठ ३ ,काठमान्डौ – सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ जना प्रदेश सांसदलाई तत्कालका लागि पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

जनता समाजवादी दलका सांसदहरु सन्तोषकुमार पाण्डे, विजय यादव, सुमन रायमाझी र कल्पना पाण्डेले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

पछि उनीहरु पोख्रेलकै मन्त्रिपरिषदमा असहाभागी हुने भएपछि नता समाजवादी दलको उपेन्द्र–बाबुराम समूहले ती सांसदहरुलाई निष्कासन गरेको थियो । निष्काशन गर्ने प्रक्रियालाई अवैध भाड्ने उनीहरु सर्वोच्च पुगेका थिए।

निष्कासन गर्नुअघि दलको केन्द्रीय समितिले स्पष्टीकरण पेश गर्ने मौका दिएको नदेखिएको भन्दै सर्वोच्च अदालतले ती सांसदहरुलाई अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा दुबै पक्षसँग छलफल गर्नुपर्ने देखिएको आदेशमा उल्लेख गरेको छ । सुनुवाईको मिति भने तोकीएको छैन ,
यस्तो छ अन्तरिम आदेश ,