उपत्यकामा जेठ २० गतेसम्म कडाईका साथ् निषेधाज्ञा लम्बियो तरकारी पसल पनि नखुल्ने
जेठ ११, काठमान्डौ – काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म थप कडाईका साथ् निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याईएको हो ।
मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका हुन् ।
उनका अनुसार अब एक साता खाद्यान्न पसल तरकारी पसलपनि खोल्न पाईने छैन। अहिले अम्म बिहान ० बजे सम्म तरकारी पसल खोल्दै आएका थिए। काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गते फेरि एक हप्ता थपिएको थियो । त्यसपछि पनि फेरि वैशाख ३० गते दुई हप्ता थप भएको थियो ।