surkhet

मेयरले डोजर चलाउँदा पाँच जना घाईते ,,

surkhet

असार,१ पोखरा – पोखराको फिर्के खोलामा डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले फुट ट्रायकको डोजर चलयार उद्घाटन गर्ने क्रममा अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अन्लाईन खबरका सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका छन् ।

उक्त फुट ट्रयाकको उद्घाटन पोखराका मेयर मानबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने कार्यक्रम थियो ।उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु फिर्के खोलामा रहेको रेलिङमा आड लागेर बसेका थिए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको हो ।

Dailekh
Gorkha

डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत ५ जना थिए ।

खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।

पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।

salyan