कलाकार रमेश केसी ‘मट्टारे’को स्टुडियोमै निधन

असोज ३, काठमान्डौ – कलाकार रमेश केसी ‘मट्टारे’को आज अकस्मात निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको हो।

आइतबार तारकेश्वर नगरपालिका वडा नं ६ मा रहेको छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै गर्दा एक्कासी ढल्न पुगेका थिए ।तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएपनि उनको निधन भएको थियो।

उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ ।

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।