३३ किलो सुन तस्कर देखि सनम शाक्य हत्या प्रकरणको अदालतमा आजदेखि बहस सुरु

असोज १० ,काठमाडौँ- साढे ३३ किलोग्राम सुन प्रकरण र सनम शाक्य हत्या घटनाबारे आज देखि जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ सुरू भएको छ ।

जिल्ला अदालत मोरङले आइतबार अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको बहस सुरू भएको जनाएको छ ।

साढे ३३ केजी सुन  गायब भएपछि २०७४ फागुन १८ गते मोरङको उर्लाबारी,१ मा सनम शाक्यको हत्यासमेत भएको थियो।३३ केजी सुन हराएको विषय र सनम शाक्यको हत्या पछि अनुसन्धानमा ३८ क्विन्टल सुन तस्करी गरेको रहस्य खुलेको थियो।

साढे ३३ केजी सुन तस्कर प्रहरीका एसएसपी देखि डिआईजी बाटै गायब २ जनाको हत्या ,,

सोहि मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासमा अहिले भइरहेको छ। उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत २ जना तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ।

यस्तै उक्त मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ ।मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ।

सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन्। ३३ केजी सुन प्रकरणका मुख्य नाईके चुडामणि उप्रेती गोरे बनाईएपनि सत्य तथ्य अझै खुलेको छैन।

लामो समयको खोजतालास पछि भेटियो ३३ केजी सुन ,,