मुस्ताङको हिमपहिरोमा १२० चौंरी बेपत्ता

कार्तिक २९ ,मुस्ताङ्ग – मुस्ताङको कोवाङमा गएको हिमपहिरोमा परेर १५० चौंरी वेपत्ता भएका छन्। थासाङ गाउँपालिका,२ को जङ्गलमा चराउन लगिएका चौंरी वेपत्ता भएका हुन्। कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका चौंरी वेपत्ता भएका हुन्।

यस्तै हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाअध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए । हिमपहिरो आएको देखेपछि भाग दौड गर्दा कोबाङको जनआदर्श अमरसिंह माविका ११ जना शिक्षक विद्यार्थी घाईते भएका थिए।

जोमसोममा उपचारपछि उनीहरु अहिएल घर फर्किसकेका छन्। हिउँ पहिरो गएको क्षेत्रबाट गोठाला भने सुरक्षित घर आएको हिराचनले बताए। उनका अनुसार भीम शेरचन र सकेन्द्र गौचनका ६५- ६५ वटा याक चौंरीमध्ये १० देखि १२ वटा मात्र भेटिएका छन् ।अरु सबै हिमपहिरोले पुरेको आशंका छ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

lekbesi

हिमपहिरोले जङ्गलका ठुला साना रुख ढलाएको छ भने वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी-जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।हिजो दिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागा भाग भएको थियो।

हिमपहिरोबाट मनाङमा नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता ,,