दैलेख नौमुलेमा २० करोड बेरुजु गरेका कांग्रेसका अध्यक्ष भदे बुढाको फेरी अध्यक्षमा उमेद्वारी

काठमान्डौ – अनियमितता र बेरुजु देखिने गरि काम गरेका दैलेख नौमुलेका अध्यक्ष भदे बुढाले फेरी अध्यक्षमा उमेद्वारी दिएका छन्। २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित बनेका भदे बुढाले गाँउपालिकामा विकास भन्दा विनास गरेका छन्।

उनि दैलेखमा पटक पटक विवादमा तानिने गरेका छन्। धाइरोघारी जग्गा काण्ड,चामल काण्ड ,सडक काण्ड ,हस्पिटल काण्ड ,पालिका भन्दा बाहिरका लाई रकम वितरण महिनैभरीको भ्रमण भत्ता खाने लगायतका कामहरु अध्यक्ष बुढाले गर्दा समेत प्रशाशन मौन छ।

तिनै काण्ड गरेका भदे बुढा यँहि वैशाख ३० गते हुने स्थानीय चुनावमा पून: अध्यक्ष बन्ने दाउमा छन्। करोडौं पैसा खर्च गरेर भए पनि भोट खरिद गर्ने दाउमा भदे बुढा देखिएका छन ।

कर्णाली दैलेख नौमुले गाँउपालिकाका अध्यक्ष भदे बुढाले राहतको ९० बोरा चामल लुकाएको अवस्थामा फेला

नौमुले गाउँपालिका अध्यक्ष भदे बुढाले लुकाएर राखेको थप १५५ बोरा चामलको गोदाम फेला “आजै गरियो नस्ट”