रविको पूर्वपत्नी ईशाले भनिन हाम्रो पापले कुनै बाटो दिने छैन

बैशाख ८

काठमान्डौ – रवि लामिछानेकि पूर्वपत्नी ईशा लामिछानेले रवि लामिछानेलाई भोट नहाल्न चितवनबासीलाई आग्रह गरेकी छिन।
आफू र छोरीहरुलाई समेत अल्पत्र पार्नेको कुनै विश्वास नगर्नु होला अहिले तपाईहरु वाई आहामा नबहकिनुस मान्छे कस्तो भन्ने पछि मात्र थाह हुन्छ उनले भनिन । घर परिवारलाई अलपत्र पारेर अर्काको बुढी पगेर हिडेको सबैलाई अवगतनै छ।

रविको पार्टीको २ करोड भ्रस्टाचार अडियो बाहिरिदा समेत किन चितवनका जन्तामा घाम नलागेको भन्दै ईशाले प्रश्न गरेकी छिन ?
हुन त हामीलाई अल्पत्र पार्दाको परिणाम रविले आज झल झल्ती भोग्नु परेको समेत उनले बताईन। रविसंग काम गरिरहेका शालिकराम पुडाशैनीको आत्महत्याको भिडियो हेर्दा र अहिले भर्खर उसकै घरबाट ड्राईभर खस्नुमाथी गम्भीर रहस्य रहेको समेत ईशाले बताईन।

अमेरिकामा रहदै आएकि ईशाले आफू र छोरीहरुलाई रविले अल्पत्र पारेको परिणाम आज भोग्दै जानू परेको बताएकि हुन।
रविले दुई छोरि सहित ईशालाई अमेरिकामा छोडेर नेपाल आएपछि निकिता पौडेलसंज घर् जाम गरेर बसेका छ्न। रविले ईशासंग २५ बर्ष सहयात्रा गरेका थिए ।

नेपालमा रहेका रविले अमेरिकी नागरिकता त्यागेको बताएपनि नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले उनलाई अनागरिक ठहर गरेको छ ।

यो संगै रविको उप प्रधान सहित गृहमन्त्री सांसद पद खारेज भएको छ भने उनले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको समेत रवि साधारण सदस्य नरहनेगरि बर्खास्त भएका छन।

रविले नागरिकता प्राप्त गरे पछि उनलाई अहिले राहादानी दुर्पयोगको मुद्दा लागेको छ। त्यस्तै रवि लामिछानेको पद बर्खास्त पछि यहीँ बैशाख १० चितवन क्षेत्रन २ मा उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचनमा रवि लामिछानेलाई भोट नहाल्न समेत पुर्वपत्नी ईशाले सबैमा आग्रह गरेकी छिन।