कट्टा हानिदिन्छु’ गीत चोरी आरोपकै बेला गायिका एलिनाले खोलिन यस्तो रहस्य

फागुन ३

काठमान्डौ – कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला एलिना आफैले नयाँ रहस्य खोलेकी छिन।

एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् ।

सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट शिवरामले चोरी गरेको आरोप लगाएकी हुन् । मोहन सिंहको स्वर रहेको उक्त गीत लेख्ने पनि उनै हुन् ।

अब धेरै बोलिस भने कट्टा हानिदिन्छु…’ भन्ने शब्दावली मोहन सिंहको गीतमा सुनिन्छ भने विश्वरामको गीतमा ‘धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु’, सुनिन्छ भने लय पनि उस्तैउस्तै सुनिन्छ ।

एलिनाले यो विषय सार्वजनिक गरेपछि समर्थकहरुले विभिन्न कमेन्टमा टीकाटिप्पणी गरेका छन् ।

यो विषयमा  गायक  कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए ।

कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्द र एलिनाको आवाजमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख गरेका थिए ।

आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताउँदै आएका थिए । तर रायमाझीको कुरासँग गायक कार्कीले असहमति जनाउँदै आएका थिए ।

कार्कीले विरोध गरेको गीतमा गायिका एलिनाको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ ।