रुकुम चौरजहारी

कान्तिपुरका सिराेहिया अफिसबाटै *प*क्राउ

रुकुम आठ विसकोट

काठमान्डौ – कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिराेहियालाई प्रहरीले अफिसबाट *प*क्राउ गरेकाे छ ।

सिराेहियालाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज थापाथलीमा रहेकाे कान्तिपुर कार्यालयबाट *प*क्राउ गरेको हो ।

सिराेहियालाई प*क्राउ गर्न कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईसहितकाे टाेली पुगेकाे थियाे ।

दोहाेरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले *प*क्राउ पुर्जी जारी गरेकाे थियाे ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति निकालेर कानुन अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका थिए ।

तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उलले बताए ।

सहकारीको रकम दुरुपयोगमा गृहमन्त्रीको संलग्नताबारे समाचार लेखेकै भरमा रिस साँध्न खोजिएको दाबी गर्दै सिरोहियाले आफू र आफ्नो संस्था निर्भिक भएर उभिने उनले बताए । जेठ ८