surkhet

प्रतिस्ठान उपत्यका समन्वय सुन्धारा समितिको थापागाउँमा धान रोपाई कार्यक्रम

असार १५

surkhet

काठमान्डौ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान नेपाल उपत्यका समन्वय  सुन्धारा समितिले एघारौं धान रोपाई दिवस कार्यक्रम गरेको छ।

तार्केश्वर नगरपालिका ८ थापागाउँमा कलाकारहरुको जमघट सहित खेतमा धान रोपाई गरेको हो।

आज किसानले मानो रोपेर मुरि फलाउने दिन हो । आज देशभरमा किसानहरुले धान रोपाई गर्ने गर्दछन।

Dailekh

आज देशभरमा  किसानहरुले खेतमा धान रोपाईसंगै हिलो खेल्ने असारे भाका गाउने र नाच्ने गर्दछन।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालकि अध्यक्ष रिता थापा मगरले खेतमा धान रोपाई गरेर कार्यक्रमको उद्गघाटन गरेकी थिइन ।

किसानहरु सबैले बाझो वारि छोडेर बिदेश उड्ने गरेकोमा आफू दुखी भएको अध्यक्ष थापाले बताईन ।

Gorkha

सबै किसान कलाकारहरुले कृषिमा ध्यानदिनुपर्ने उनिले बताईन। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानका जन्मजादाता पुर्व अध्यक्ष दुर्गा रायमाझीले गीत मार्फत कार्यक्रमलाई सुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्व अध्यक्ष चन्द्र शर्मा , लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको जमघट थियोे ।

कार्यक्रमको सभापति तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितीका अध्यक्ष चेतन गोतामेले कार्यक्रममा उपस्तिथि सबैलाई हार्दिक धन्यवाद गर्दै कार्यक्रमको अन्त्य गरेपछि कलाकारहरुले गीत संगीतको माहोल तयारी गरेका थिए ।

salyan