बिच सडकमा ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिए
बैशाख ११

काठमान्डौ – बिच सडकमा ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ अहिले जताततै भाईरल बनेको छ।
उक्त भिडियोमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनिहरुबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।

ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।

सार्वजनिक भिडिओ काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ । सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडिओ काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो ।
भिडियो जहिलेको भए नि बुझ्ने काम भाईरहेको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ।
