कथा काठमान्डौको प्रोमो हटाउन बोर्डले गर्यो पत्राचार ,,

२८ भदौ , काठमान्डौ -असोज १२ गते बाट रिलिज हुन लागेको चलचित्र कथा काठमाण्डौको प्रोमो युटुबबाट हटाउन बोर्डले जानकारी गरेको छ। चलचित्र अस्लिल बनेको भन्दै बोर्डले पत्र पठाएको छ चलचित्रको प्रोमामा नायिका प्रियंका कार्कीको सेक्स रोल प्रस्तुत भएको छ ।चलचित्रमा देखाउन नहुने सिन समेत प्रस्तुत भयको छ ।जुन नेपालि समाजमा विकृति हो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको छ ।

त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । चलचित्रको ट्रेलर अन्य च्यानलले पनि हालेका छन् जुन अहिले भाईरल बनेको छ।