जँहा दलित महिला छिन मन्दिरको मुख्य पुजारी ,,

सोज १६ ,दाङ् – दलित भएकै कारण मन्दिर प्रवेश गर्न रोक लगाइएका घटनाहरू सुनिन्छन्। दलितले छुँदा मन्दिर अपवित्र हुन्छ भन्ने भ्रम पनि छ। यर्थाथमा त्यो कथित अपल्लो जातजातिका मानिसहरूले सिर्जना गरेको अफवाह हो। पार्वती विश्वकर्मा घोराहीस्थित नागेश्वर महादेव मन्दिरको प्रमुख पूजारी छिन्। घोराही उप,महानगरपालिका वडा नं. १८ मसिनास्थित यो मन्दिरमा ३८ वर्षीया विकले मुख्य पूजारीको रुपमा पूजा आरधना चलाउन थालेको तीन वर्ष पुगिसकेको छ। सुरूमा विकले मन्दिरमा पूजा आरधना चलाउँदा ‘दलित पूजारी भएको मन्दिर’मा नजाने भन्दै केही बाहुन, क्षेत्रीले बिरोध गरेका थिए। तर, विस्तारै समाज पनि रुपान्तरित हुँदै गयो। पार्वती विकलाई हेर्ने दृष्टिकोण फेरियो।

विक प्रमुख पूजारी भएको नागेश्वर मन्दिरमा सबै जातजातिका मानिसहरू पूजा आराधना गर्न आउँछन्। यहाँ आउने सबै भक्तजनले उनलाई ‘माता’ भन्दै सम्मान भाव व्यक्त गर्छन्। उनि रोल्पाली हुन् कमजोर आर्थिक अवस्थाका कारण उनका अभिभावक रोजगारीको लागि काला पहाड (भारत) गएको बखत उनको भारतमै जन्म भएको रहेछ। उनलाई आज समाजले माता भनेर सम्मान गर्ने गरेको छ जातपातमा कुनै छुवा छुत हुन्न यो त केवल मान्छेलाई अपहेलित गरिने शब्द हो मान्छेलाई उसको कर्म र व्यवहारको आधारमा सम्मान गर्नुपर्छ न कि जातभातको आधारमा,’ विकले भनिन्।

कानुनले जातीय आधारमा गरिने छूवाछूतलाई बर्जित गरेको दसकौं बितिसक्दा समेत धर्मभीरुहरूका कारण व्यवहारमा उतार्न मुस्किल बनिरहेको छ। ‘गाउँघरमा अझै पनि कथित उपल्लो जात र तल्लो जातको कुरा पूर्ण रुपमा अन्त्य भएको छैन। जातीय आधारमा गरिने छूवाछूत पनि पूर्ण रुपमा अन्त्य भइसकेको छैन, ।तर अब समयले विस्तार अन्त्य गर्ने छ,’ विकले भनिन्। विकले विद्यालयमा गयर भने पढेकी छैनिन ।तर, उनी आज मजाले पूजापाठ गर्छिन् र संस्कृतका श्लोकहरू भन्न सक्छिन्। यो स्वअध्ययनबाट सम्भव भएको उनले बताइन्।

आफ्नो छोरीहरुको सहाएता बाट नाम लेख्न सिकेको बिक बताउछिन। पुजारी हुनु भन्दा पहिले खोलामा गिट्टी कुटेर मजदुरी गर्ने गरेको उनले बताईन ।उनका पतिले पनि बजारमा मजदुरी गर्थे २०७२ सालमा बिरामी भएर काम्ने र बेहोस हुने समस्या देखियो। धेरै ठाँउमा उपचार गर्दा सन्चो भएन म माथि नागको माध्यमबाट स्वर्गद्वारी शक्ति चढेको भनी पूजा गर्न थालियो ।विधिअनुसार पुजा गरे निको पनि भएँ, ‘त्यसपछि यहाँ मन्दिर स्थापना गरियो, म पूजारीको रुपमा रहेँ।’ उनले भनिन्,।पछिल्लो समय पार्वतीले घोराही १८ मसिनामा ४ कठ्ठा जमिन किनेको बताइन्। घर भने नबनाएको भाडामा बस्दै आयको पार्वतीले बताईन।