हावाहुरीले सामुदायिक रेडियो सुनवलको टावर ढलेपछि सेवा बन्द ,

जेठ १९ ,नवलपरासी – हावाहुरीले नवलपरासीमा रहेको सामुदायिक रेडियो सुनवलको उपकरणमा क्षति पुगेपछि सेवा बन्द भएको छ।

आज बिहान ४ बजे तिर आएको हावाहररिले एफएमको टावर भाँचेर क्षति पुर्‍याएपछि रेडियोको प्रसारण बन्द भएको हो ।

हावाहुरीबाट रेडियोको टावर, यन्टेना मा क्षति पुग्दा ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमुख इन्द्र कुमार रेग्मीले जानकारी दिए ।

lekbesi

क्षति ग्रस्त उपकरणको मरामत गर्न केहि समय लाग्नेपनि उनले बताए।

रविन्द्र यादव/ नवलपरासी पश्चिम ,