चार बर्षिय बालिका बलात्कार फरार अभियुक्त महेशपुर नाकाबाट पक्राउ ,

जेठ २३ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा चार बर्षिय बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन।

जिल्लाको सरावल गाउँपालिका ४ बस्ने ३१ बर्षिय राजकुमार सहानिलाइ प्रहरीले बिहिवार राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो।

अभियुक्त सहानी केही दिन अगाडि गाउँपालिका ४ मङ्लापुर गाउँ बस्ने ४ बर्षिय बालिकालाइ घरमा कोइ न भएको बेला र अामा नुहाइ रहेको बेला ललाइफकाइ जबर्जस्तिकरणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए ।
करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो।

lekbesi

बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन।

जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो।

प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानिलाइ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम,