पूर्वी नवलपरासीमा खोलाले डाइर्भसन बग्यो,पूर्वपश्चिम राजमार्ग अवरुद्ध,

असार २७ ,नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोटमा खहरे खोलाले आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गैँडाकोट नगरपालिका,९ थुम्सीस्थित खहरे खोलाले डाइभर्सन बगाएपछि शनिबार बिहान देखि राजमार्ग अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार डाइभर्सनमा राखिएको कल्र्भट बगाए पछि वावतजावत पूर्णरुपले बन्द भएको छ।

अत्य्वास्यकको लागि गुडेका गाडी र पदैल हिड्ने बटुवापनि बाटो बन्दभएपछि बीचबाटोमा रोकीएका छन्। डाइभर्सनको काम अगाडी बढाईएको थापाले जानकारी दिए।

तस्विर गोबिन्द घिमिरेको सामाजिक संजाल फेसबुकबाट ,