surkhet

मनमैजु हत्या काण्ड प्रेमिकाको लागि वादविवाद भएको थियो लखेटेर छुरा प्रहार ,

surkhet

साउन ३१ ,काठमान्डौ – मनमैजु’ बानियाँटार’ लक्ष्मण तामाङको हत्या युवती विवादमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे तामाङसहितका युवा–युवती चिया पिउँदै थिए ।

केहि समयमा नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुग्यो । एकैछिनमा दुवै पक्षबिच वादविवाद भएपछि दोर्जे समूहले छुराले हानेर २४ वर्षीय लक्ष्मणको हत्या गरेको खुलेको हो ।

Dailekh
Gorkha

मृतक र दोर्जे समूहको बिचमा ‘पुरानो प्रेमिका’को बारेमा विवाद भएको प्रहरी अनुसन्धान बताउछ,उनीहरुबीच अघिल्लो दिनमा पनि सामान्य विवाद भएको थियो।

दुईपक्ष झडप हुँदा दोर्जेले खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर लक्ष्मणलाई छुरा हानेको बताइएको छ ।

घटनामा तिन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ,घटनाको मुख्यदोषीको खोजि भईरहेको प्रहरीले बताएको छ।

salyan