साईबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएपछि सांसद विमला वलीको यस्तो (विज्ञप्ति) कारबाहीको माग
भदौ ,३ ,बुटवल – लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले आफ्नो फोटो इडिट गरेर चरित्र हात्या गर्न खोजिएको बताएकि छिन।
वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘सामाजिक संजालभरि भाईरल गरेर फसाउन’ खोजेको विमलाको दावी छ।
विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा अहिले भाइरल भईरहेको छ। फोटो एक एक सामाजिक संजालमा आएपछि विमलाले बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी हुन्।
हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु ।
म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएपछि संलग्न जो कोहिलाई तत्काल कारबाहीको समेत उनले माग गरेकी छिन।
विमलाले माओवादी केन्द्र रोजेपछि एमालेमा रहन पटक – पटक आफूलाई दबाब सामेत दिईएको बताउदै आईरहेकी छिन। मैले माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए। अहिले पनि मलाई पार्टी परित्याग गर्न दबाब आईराहेको छ।
म माओवादी केन्द्रमानै प्रतिबद्द छु उनले भनेकी छिन। मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले लेखेकी छन् ।
वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ फेसबुक वालमा बस्नेतले लेखेका छन्।
थप बस्नेतले लेखेका छन् नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ । बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।