surkhet

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

भदौ २१

surkhet

काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले बागमती प्रदेशको राजधानी हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

तरुण दलले हेटौंडा,२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

Gorkha

प्रदर्शनमा सहभागीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही हुनु पर्ने माग गरेका छन् ।

Dailekh

तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडि बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

हिजो भृकुटीमण्डपमा काङ्ग्रेस सहमहामन्त्री यादवमाथी राजावादीका एक व्याक्तीले खुकुरी प्रहार गरेका थिए ।

 

salyan