अनिस दवाडीको संगीत रहेको तिम्रो त यो दुनियाँ छ बोलको गीत ट्रेन्डिङमा

पुस २०

काठमान्डौ – लोकप्रिय गायक खेम सेन्चुरी र पुजा परियारको स्वरमा रहेको तिम्रो त यो दुनियाँ छ बोलको गीत अहिले ट्रेन्डिङमा बजिरहेको छ।

अनिस दवाडिको संगीत रहेको यो गीतले बजारमा दर्शकको न्यानो माया पाईरहेको छ।

पछिल्लो समय संगीतकार अनिस दवाडीले गीत संगीतमा बेग्लै पहिचान गराईरहेका छन। उनले संगीत गरेका गीतलाई दर्शकले आफ्नो रोजाईमा पार्ने गरेका छन।

lekbesi

त्यस्तै तिम्रो त यो दुनियाँ छ बोलको गीत ट्रेन्डिङमा बजेपछि अनिसले दर्शकप्रतीको माया देखेर आफू निकै खुसी भएको र थप उर्जा थपीएको रंग दर्पणलाई बताए ।

गीतमा दिपक पोख्रेलले मनछुने शब्द कोरेका छन। विशाल घिमिरेको निर्देशन रहेको यो गीतमा देवेन्द्र बब्लु , रिना गुरुङ , राम बहादुर छन्त्यालको अभिनय देख्न सकिन्च।

राम केसिको छायांकन तथा सुजन कोईरालाको सम्पादन रहेको गीतको भिडियो यस्तो छ।